नियम २४
मुद्दा दोहोन्याउने निवेदन सम्बन्धी कार्यविधि
(१) न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम कुनै मुद्दामा दोहोन्याउने निबेदन गर्न उपयुक्त छ भन्ने लागेमा त्यस्तो मुद्दामा सम्बन्धित सरकारी वकीलले उच्च अदालतबाट फैसला वा अन्तिम आदेश भएको मितिले पाँच दिनभित्र मुद्दा दोहोन्याउने सम्बन्धी निवेदनको मस्यौदा तयार गरी महान्यायाधिवक्ताको कार्यालय समक्ष पठाउनु पर्नेछ ।

(२) कुनै मुद्दामा उच्च अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर मुद्दा दोहो-्याउने निवेदन गर्न उपयुक्त छैन भन्ने -लागेमा उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले आधार र कारण उल्लेख गरी मुद्दा दोहो-्याउने निवेदन नगर्ने निर्णय गर्न सक्नेछ । यसरी निर्णय भएकोमा सो को अभिलेख राखी निर्धारित ढाँचामा सोको विवरण महान्यायाधिवक्ताको कार्यालयमा निर्णय भएको मितिले तीन दिनभित्र पठाउनु पर्नेछ ।